२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

२०७७, २६ भाद्र शुक्रबार ११:४६

भदौ २६, काठमाडौँ (रासस) । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ ।

व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल/आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो ।

भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो ।

तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि २०७७ मा उल्लेख विधि र प्रक्रिया अपनाउनुपर्नेछ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मत्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड विपरीत हुन नहुने जनाइएको छ । 

यस्तै प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरेको निषेधको आदेशको समयमा अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानुपर्दा पास अनिवार्य गरेको छ । दाहसंस्कारमा जानुपर्ने तथा सरुवा भई जानुपर्ने कर्मचारीलगायतका हकमा सवारी साधन सञ्चालनमा यसअघि सहजीकरण गरिएकोमा अब भने पास लिनुपर्ने जनाइएको छ ।

सम्बन्धित व्यक्तिले अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने गरी कागजातका साथै गन्तव्य जिल्ला प्रशासनको अनुमतिपत्र र स्थानीय तहको सिफारिससहित तोकिएअनुसारको निवेदन दिनुपर्ने छ । सोही आधारमा पास उपलब्ध हुने छ । यस्तै विदेश जाने व्यक्तिको आवातजावतमा सहजीकरण गरिने र भिषा सहजीकरण गर्ने निकायसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध