४ भदौ, काठमाडौं । वेदका ज्ञाता एवं विद्वान स्वामी
प्रपन्नाचार्यको विहीबार राति पशुपतिको मृगस्थलीमा ९२ वर्षको उमेरमा निधन भएको छ ।
मृगस्थलीको एक
आश्रममा बस्दै आएका प्रपन्नाचार्य लामो समयदेखि बिरामी थिए ।
जीवनमा एक्लो रहेका
प्रपन्नाचार्यलाई विभिन्न रोगले चापेका कारण केही वर्ष पहिलेदेखि नै आश्रममै अक्सिजनसमेत दिएर राख्ने
गरिएको थियो । राज्यले उनको उपचारमा ध्यान नदिएको गुनासो उनका सहयोगीहरुले गर्दै आएका थिए
।
संस्कृत, हिन्दी र नेपाली तीनै भाषाका ज्ञाता रहेका प्रपन्नाचार्य जीवनको उत्तरार्थमा पशुपति
मृगस्थली क्षेत्रको एक आश्रममा बस्न थालेका थिए ।
काले राईदेखि स्वामी
प्रपन्नाचार्यसम्म
पाँचथरको लालीखर्क बरडाँडामा वि.सं. १९९० सालमा जन्मिएका
प्रपन्नाचार्यलाई वाल्यकालमा काले राई नामले चिनिन्थ्यो । उनी ३० वर्षको जवान भएपछि अध्ययनका लागि
भारतको बनारस गए र वेदमा पीएचडीसम्मको शिक्षा हासिल गरे ।
पढाइलाई उमेरले छेक्दैन भन्ने कुराको
उदाहरण हुन् प्रपन्नाचार्य । संस्कृति विश्वविद्यालयबाट आचार्य र विद्यावारिधि गरेपछि उनी सन्यासी बनेका
हुन् ।
प्रपन्नाचार्यको योगदान
स्वामी प्रचपन्नाचार्यले एकदर्जन भन्दा बढी
पुस्तकहरु लेखेका छन् । उनका केही पुस्तकहरु यस्ता छन् :
१.सम्मार्ग दर्शन (०३३) २.प्रचीन
हिन्दूविज्ञान (२०३६) ३.वेदमा के छ ? (२०३७) ४.पद्मस्मृति ग्रन्थ (सं.२०४०) ५.किरातहरू मंगोलिलयाबाट
आएका शरणार्थी होइनन् (२०४७) ६.भावामृत व्याख्या (सं.२०४९) ७.काले रार्इका क्वाँटी कविता (२०५०)
८.प्राचीन किरात इतिहास (२०५१) ९.मानव अधिकार हनन के हो ? (२०५१) १०.कार्तविर्योदय महाकाव्य
(सुकृतिदत्तकृत सं. २०५१) ११. योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४) १२.महागुरु फाल्गुनन्द सरस्वती
सत्यहाङ्माको जीवनी (२०५४) १३.संक्षेपमा मेरो जीवनयात्रा (२०५९)
प्रपन्नाचार्यको
निश्कर्ष : किरात पनि आर्य नै हुन्
स्वामी प्रपन्नाचार्य किरातहरु पनि आर्य जातिकै सन्तान
भएकाले किरात र आर्यवीच विवाद गर्न नहुने मान्यतामा अडिग थिए । किरात जाति पनि आर्य हुन् भन्ने दाबी
उनको ‘प्राचीन किरात इतिहास’ भन्ने मोटो किताबमा पढ्न पाइन्छ ।
प्रपन्नाचार्यको यही मान्यताका
कारण उनलाई कतिपय आदिवासी जनजाति नेताहरुले ‘ब्राह्मण’ भन्ने गरेका थिए ।
तर, वेद र संस्कृतमा
प्रकाण्ड विद्वता हासिल गरेकाले प्रपन्नाचार्यलाई हिन्दुशास्त्रका पण्डितहरुले पनि किरात मूलको ब्राह्मण
नै मान्ने गरेका छन् ।
राजनीतिकरुपमा प्रपनाचार्यले आफूलाई राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा
उभ्याउने गरेका थिए ।
प्रपन्नाचार्यको निधनले एउटा इतिहास एवं सिंगो एउटा युगको अन्त्य भएको धेरैले
अनुभूति गरेका छन् ।
हाम्रो तर्फबाट पनि अलविदा स्वामी प्रपन्नाचार्य ।