२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोनाः न कोसेलीको आश, न त खबर बुझ्ने उत्सुकता

२०७७, १५ आश्विन बिहीबार ०९:०३

भोजराज कार्की ।असोज १५, सोलुखुम्बु । नेपाल सरकारले यही असोज १ गतेदेखि लामो दूरीको  यातायात सञ्चालन गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमणको त्रास बढेको छ ।  अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसकै क्षेत्रबाट  नागरिक निर्बाध आउने क्रम बढेको छ । 

विगतका दिनमा शहरबाट नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै  खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकी अहिले परपरै भाग्ने गरेका छन् । अहिले न त कोसेलीको आश छ न त नयाँ खबर बुझ्ने इच्छा ? शहरबाट आउनेसंँग कोरोना सङ्क्रमण हुन सक्ने भएकाले कोसेली त के भेट्नसम्म नपाए हुन्थ्यो भन्नेको सङ्ख्या बढी पाइन्छ ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क हेर्दा असोज १ गतेदेखि बुधबार बिहानसम्म सडक हुँदै एक हजार ९२३  जना जिल्ला भित्रिएका छन् । ट्राफिक प्रहरी इञ्चार्ज  कृष्ण कटुवालका अनुसार उनीहरु ३९५ सुमो र १५० वटा बसमार्फत  जिल्ला भित्रिएका हुन् ।

जिल्ला भित्रिएका नागरिकको न त पिसिआर परीक्षण छ न त  क्वारेण्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ । यसले जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका हुन् । नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढदै जाँदा  यातायात सञ्चालनले गाउँबस्तीमा समेत कोरोना फैलन सक्ने नेचासल्यान गाउँपालिकाका हिमबहादुर बस्नेत चिन्ता व्यक्त गर्नुहुन्छ ।

शुरुआती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकलाई क्यारेन्टिनमा राख्ने, आवगमनमा कडाइ गर्ने, सीमानाकामा जाँच गरे पनि अहिले  कति नागरिक गाउँपालिका भित्रिए भन्नेसमेत तथ्याङ्क राख्न सकेका छैनन् । गाउँघरमा आएका नागरिकसमेत  खुला रुपमा हिँडडुल गर्दा कोरोना सङ्क्रमण भयावह स्थितिमा पुग्ने बस्नेतको अनुमान छ ।

जिल्ला  भित्रिने मुख्य नाका सोलु दूधकुण्ड नगरपालिका पत्ताले भए पनि नगरपालिकाँग भने के कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङ्क छैन । सङ्घीय सरकारले नै लामो दूरीको यातायात सञ्चालन गरेपछि  स्थानीय तहमा भित्रने नागरिकका विषयका समन्वयमा समेत समस्या भएको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।“जिल्ला बाहिरबाट आएका नागरिकको व्यवस्थापन अहिलेकोे मुख्य चुनौती रहेको छ ”, अध्यक्ष राईले भन्नुभयो, “स्थानीय नागरिक सचेत हुनुको विकल्प छैन ।”

लामो दूरीको यातायात र हवाई उडानसमेत सञ्चालन भएसँगै दशैँतिहारका लागि नागरिक आउने क्रम बाक्लिएको छ । असोजको पहिलो सातादेखि जिल्लाका सबै क्षेत्रमा विद्यालयसमेत सञ्चालन भइसकेको छ । यस अवस्थामा खुला आवागमन तथा व्यवस्थापनमा ध्यान नपुग्नाले आगामी दिनको अवस्था जटिल हुने स्थानीय नागरिक बताउँछन् ।

समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने अनुमान गरिरहँदा जिल्लामा कोरोना परीक्षणसमेत हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल स्वीकार गर्नुहुन्छ ।

नेपालमा कोरोनाको महामारी नफैलिँदा नै क्वारेन्टिनमा बस्ने, राख्नेलगायत प्रभावकारी ढङ्गबाट काम गरेको देखाउने निकायसँग पछिल्लो अवस्थानुसारको विशेष योजना बनाउन स्थानीयवासीको माग छ । सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा भने स्वाब सङ्कलन र परीक्षणलाई आगामी दिनमा तीव्रता दिइने बताउनुहुन्छ ।

हाल कोरोना सङ्क्रमणमुक्त रहेको सोलुखुम्बुमा रेड जोनबाट आएका नागरिक खुला हिँड्डुल गर्न थालेपछि सङ्क्रमणको जोखिम बढेको सल्लेरीका विवेककुमार दासको भनाइ छ । यस विषम परिस्थितिमा समेत स्थानीय तहले ठोस कदम चाल्न नसकेको उहाँको गुनासो छ । यही अवस्था रहिरहने हो भने शुरुआती चरणमा कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको करोडाँै खर्च बालुवामा पानी हालेको जस्तै हुने आङ्पेम्बा शेर्पा बताउनुहुन्छ  ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि