४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, १४ जना पक्राउ

२५ आश्विन २०७७, आईतवार ०३:३७

असोज २५, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रमा संचालित गेष्ट हाउसहरुबाट प्रहरीले छापा हानेको छ । प्रहरीले गेष्टहाउसमा अमर्यादित क्रियाकलाप भईरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा गेष्टहाउस संचालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला र ७ जना पुरुषहरु रहेका छन् ।

छापा मारिएका गेष्ट हाउसमा लकडाउन खुलेपछि असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा प्रहरीले शनिबार सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सनसाइन गेष्ट हाउसका संचालक रामेछाप घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पक्राउ परेका छन् ।

त्यस्तै बालकुमारी गेष्ट हाउसका संचालक कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् । 

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ