३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षले छिमेकी कुटे, न्युरो अस्पतालमा उपचार हुँदै

२६ आश्विन २०७७, सोमबार ०४:२७

लिलानाथ घिमिरे | असोज २५, सिन्धुली | सिन्धुलीको गोलंजोर गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले स्थानीय ध्रुव कार्कीलाई शनिबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । अध्यक्ष कुटपिटले सशिरभरि निलडाम छ ।

चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् । पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् । 'जनप्रतिनिधि स्वयं वडाभर आतंक मच्चाउँदै हिँडेका छन्,' एक स्थानीय बासिन्दाले भने, 'न्याय दिनु पर्ने ब्यक्ति आफैं जनतालाई सताउँदै हिँड्छ भने न्याय माग्न कहाँ जाने ?'

कुटपिटबाट सख्त घाइते ध्रुव कार्कीलाई स्थानीय ग्वाल्टार स्वास्थ्य चौकीमा सुरुमा भर्ना गरिएको थियो । कुटाइबाट टाउकोमा चोट लागेकाले उनले बान्ता गरेका थिए । त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चौकीले काठमाडौं लैजान सल्लाह दिएको थियो । 'म टिभी हेरेर बसिरहेको थिएँ,' पीडित ध्रुब कार्कीले भने, 'तं मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ