२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षले छिमेकी कुटे, न्युरो अस्पतालमा उपचार हुँदै

२०७७, २६ आश्विन सोमबार ०४:२७

लिलानाथ घिमिरे | असोज २५, सिन्धुली | सिन्धुलीको गोलंजोर गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले स्थानीय ध्रुव कार्कीलाई शनिबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । अध्यक्ष कुटपिटले सशिरभरि निलडाम छ ।

चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् । पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् । 'जनप्रतिनिधि स्वयं वडाभर आतंक मच्चाउँदै हिँडेका छन्,' एक स्थानीय बासिन्दाले भने, 'न्याय दिनु पर्ने ब्यक्ति आफैं जनतालाई सताउँदै हिँड्छ भने न्याय माग्न कहाँ जाने ?'

कुटपिटबाट सख्त घाइते ध्रुव कार्कीलाई स्थानीय ग्वाल्टार स्वास्थ्य चौकीमा सुरुमा भर्ना गरिएको थियो । कुटाइबाट टाउकोमा चोट लागेकाले उनले बान्ता गरेका थिए । त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चौकीले काठमाडौं लैजान सल्लाह दिएको थियो । 'म टिभी हेरेर बसिरहेको थिएँ,' पीडित ध्रुब कार्कीले भने, 'तं मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै