२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरपालिकाले तीन विद्युतीय शवदाह निर्माण गर्दै

२०७७, २६ आश्विन सोमबार १०:१९

असोज २६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाको करीब रु १५ करोड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो ।  उहाँका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ । 

कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले  कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएको र  अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार  कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिएको छ  ।  

रोपनी क्षेत्रफलमा उद्यान

कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो ।  करीब रु एक करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।  कामपाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको  संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न रु २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको छ । 

प्रमुख शाक्य अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न जरुरी रहेकामा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार