४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता राजेश हमालको पुत्ला जलाइयो

२७ आश्विन २०७७, मंगलवार १०:३०

असोज २७, काठमाडौं | कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम 'जातको प्रश्न' बाट अभिनेता विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले कार्यक्रम 'जातको प्रश्न' चलाउदै आएका छन् । 

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका छन् । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ । हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै विरोध भएको छ । 


कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् । विरोधमा उत्रिएकाहरुले 'जातको प्रश्न' कार्यक्रमले नेपालीमा धार्मिक हिंसा भड्काउन उद्देलित भएको आरोप लगाइएको छ । 

यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् । समता फाउन्डेसनले भने विज्ञप्ति नै जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ । राजेश हमाललाई समेत जोडेर 'जातको प्रश्न'बारे भ्रम फैलाइएको समता फाउन्डेसनले प्रतिक्रिया दिएको छ । 


समता फाउन्डेशनले दलित समुदायविरुद्ध भइरहेका शृङ्खलावद्ध हिंसा र विभेदबारे सरोकारवाला र समुदायस्तरमा संवादको संस्कृति बढाउनका लागि ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरिएको प्रष्ट पारेको छ ।

कार्यक्रम प्रशारण भइरहेकै बेला समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको सो संस्थाले उल्लेख गरेको छ । 

फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारले जातीय विभेदसम्बन्धी घर–घरमा संवाद सुरुवात गर्नु नै सो टेलिभिजन कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन् ।  ‘यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको स्पष्ट गर्न चाहन्छौं,’ परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमबारे भएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौँ ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ