४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

१ कार्तिक २०७७, शनिबार ०३:३५

कात्तिक १, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो ।  

ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षक देवेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा उत्कृष्ट हुन सफल प्रहरीलाई जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो ।  

यस्तै, प्रहरी दिवसकै अवसरमा जिल्लाका तीन जना अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, सोही ठाउँका कमलादेवी आचार्य र वडा नम्बर–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।  

उनीहरुलाई सांसद विशाल भट्टराई र संविधासभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले सम्मान गर्नुभएको थियो । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग वाणिज्य सङ्घलाई प्रशंसा–पत्र प्रदान गरेको छ । यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका रवीन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ