२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपालिको दशैं: न घर लिपपोत, न गाउँमा चहलपहल

३ कार्तिक २०७७, सोमबार ०३:०९

दुर्गा देवकोटा | कात्तिक ३, टीकापुर | विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन लागिरहेको छैन ।  ‘‘समय सबैभन्दा बलवान छ । हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्माले भन्नुभयो, ‘‘यो बेला कोरोना भाइसर सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ । कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार सुरक्षित भएर बस्नुपर्ने भएकोले आँगनमा आएको दशैँ पनि मनाउन मन लागेन ।’’ शर्माले यस वर्ष घरमै सामान्य पूजाआजा र टिकाटालो गर्नुहुनेछ । ‘‘अघिल्ला वर्षजस्तो खसी ढाल्ने, माइती जाने, आफन्तकहाँ जाने र आउने काम बन्द हुनेछ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस वर्ष बाँचे पो अर्को वर्ष मनाउला भनेर केही गरेनौँ ।’’

शर्माको घरमा जस्तै यस वर्षको दशैँमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिदँैन । विगतका वर्षमा हप्ता दिन पहिले घर लिपपोत गर्ने, सरसमान मिलाउने, गाउँमा नाचगान गर्ने गरिन्थ्यो तर यस वर्ष त्यस्तो भएको खासै नदेखिएको टीकापुर–१ विपतपुरका विरबहादुर मगर बताउनुहुन्छ । ‘‘दशैँ भनेपछि गाउँ नै रमाइलो हुन्थ्यो, बाहिर भएका सबै घर फर्कन्थे’’, मगरले भन्नुभयो, ‘‘यस वर्ष त दशैँ अगावै खर्च सकिएर लकडाउनमा घर फर्केका नेपाली भारत पसेका छन्, आर्थिक समस्या टार्न नसकेर कामको खोजीमा भारत पसेका हुन् ।’’

पहिले भारत वा देश बाहिर रहेका, विभिन्न कारणले घर बाहिर भएकाहरु दशैं मनाउन गाउँघर फर्कनेको लर्को लाग्थ्यो । ‘‘दशैँमा गाउँमा उमङ्ग हुन्थ्यो तर यस वर्ष खासै उत्साह नभएको भजनी नगरपालिका राजबाराकी आरती विकले बताउनुभयो । ‘‘गाउँमा सबै त्रसित छन्, मानिसले बोलचाल बन्द गर्न थालिसके’’, विकले भन्नुभयो, ‘‘म पनि यस वर्ष माइत नजाने भएको छु ।’’

प्रायः दशैँको समयमा थारु गाउँमा निकै चहलपहल हुन्थ्यो । आजभोलि थारु गाउँमा पनि चहलपहल र रमाइलो छैन । विगत वर्षमा यो समयमा फरक–फरक टोल र थारु गाउँका नाटक, थारु नांच हुने गरेको देखिन्थ्यो तर यस वर्ष त्यस्तो उल्लास छैन’’, टीकापुरकै राजाराम चौधरी भन्नुहुन्छ, ‘‘थारु समुदायले एक महिनासम्म नाच्ने सखिया, बड्का, मुङग्रौहा, झुम्रा लगायतका नाच देख्न पाइएको छैन ।’’

कोरोनाका कारण गाउँघर मात्र नभइ शहर बजारमा पनि नागरिकको चहलपहल कम छ । बन्दाबन्दीले आर्थिक संकट पनि सिर्जना गरेको छ । टीकापुरकी कमला रावल मानिसको चहलपहल नहुनुमा र्आिर्थक कारण पनि रहेको बताउनुहुन्छ । ‘‘छ महिनादेखि सबै क्षेत्र बन्द रह्यो, मानिससँग अर्थ छैन’’, रावलले भन्नुभयो, ‘‘रकम भए पो किनमेल, चहलपहल हुन्छ ।’

टीकापुर अस्पतालका सिनियर नर्स कल्पना खड्काले स्वास्थ्य सबैभन्दा ठुलो भएकाले यस्तो बेलामा स्वास्थ्य सुरक्षामा ध्यान नदिइ भीडभाड गरेर चाडपर्व नमनाउनु नै उचित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य