१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी कंगोबाट १३०० कैदी फरार

४ कार्तिक २०७७, मंगलवार १३:२८

कार्तिक ४, बेनी, कंगो, (रासस–एपी) । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन् । 

बेनी शहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिनुभयो । 

उहाँले जेलबाट फरार कुनै शंकास्पद व्यक्ति देखे स्थानीय प्रशासन, प्रहरीमा खबर गर्न नगरबासीलाई अनुरोध गरिएको पनि बताउनुभयो । 

मेयर मोडेस्टेले कारागारबाट भागेका २० जना कैदी भने फर्किएको जानकारी दिनुभयो । स्थानीय प्रशासनको सम्पर्कमा आएका कैदीबन्दीहरुले विद्रोहीसँगको जीवन आफ्ना लागि अझ खतरापूर्ण र दुःखदायी रहेकाले फर्किएको बताएका छन् । 

काङबायी जेल तोडिएको समाचार आएलगत्तै स्थानीयबासीमा त्रास उत्पन्न भएको छ । सरकारी फौज र एडिएफबीच हिंसात्मक झडप हुने र त्यसबाट स्थानीयबासी प्रताडित हुने खतरा रहेको स्थानीयको भनाई छ । 

स्थानीयबासी सदी अमुन्डालाले यो बेनीका स्थानीयका लागि खतरा हो भन्नुभयो । जेल जीवनमा सुधार ल्याउन तथा स्थानीय तहमा सुरक्षा व्यवस्था बढाउन सरकारले विशेष पहल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

यसअघि तीन वर्ष पहिले पनि काङबायी कारागारमा आक्रमण गरेर १०० भन्दा बढी कैदीबन्दी भगाइएको थियो । त्यसबखत दर्जनौं व्यक्तिको मृत्यु भएको थियो । 

एडीएफ नामले परिचित अलाइड डेमोक्रेटिक फोर्सको जन्म छिमेकी युगान्डाबाट सुरु भएको र यो समूह लामो समयदेखि पूर्वी कंगोका लागि सुरक्षा खतरा बन्दै आएको छ । इस्लामिक स्टेट समूहले कारागारमाथिको हमलाको जिम्मेवारी लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल