2026-09-13 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण, गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

कात्तिक ३०, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, तेह्रथुम र धनकुटामा छ/छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् ।  प्रदेशमा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ ।  यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको 

गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज २०५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४/१४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन