२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउने १४ दिन क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन गरिने

२०७७, ९ मंसिर मंगलवार १२:०१

मंसिर ९, काठमाडौँ | विदेशबाट नेपाल आउनेहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ | हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भएको हो | 

विदेशबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा राख्नलाई अहिले टोलटोलमा निगरानी समूह गठन गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए |

निगरानी समूहले विदेशबाट आउने व्यक्ति घरमा बसे/नबसेको अनुगमन गर्नेछ | 

उक्त निगरानी समूह देशव्यापी रूपमै गठन गरिने भएको छ | हाल कतिपय पालिकाले समुह गठन गरिसकेको र उपत्यकाको १८ वटै पालिकाहरूमा छलफल भइसकेको जनाइएको छ | निगरानी समूह गठन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहका प्रमुख र वडाध्यक्षसँग छलफल गरिरहेको छ |

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिएका थिए | सरकारले यसअघि पनि विदेशबाट आउने व्यक्ति होम क्वारेन्टिनमा बस्नुपर्ने बताएको थियो | तर उक्त निर्णय कार्यान्वयन भने फितलो भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै