ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्य"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड मेलाको चहलपहलमा बढ्दै

२२ श्रावण २०७३, शनिबार ०९:३०

ज्ञानेन्द्र न्यौपाने/साउन २२, रसुवा । आगामी भदौ २ गते हुने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुका लागि सेवा सुविधा प्रदान गर्न व्यावसायिक क्षेत्रमा चहलपहल सुरु भएको छ । 

स्याफ्रु–६, चन्दनबारीका होटल व्यवसायी पासाङग्युर्मी तामाङका अनुसार यात्रुका लागि खाजा र खाना तयार गर्न ठाउँ ठाउँमा अस्थायी चिया पसल र होटेल समेत खोलिएको छ । चाउचाउ, बिस्कुट, फ्रुटी, पानी र भोजनका लागि आवश्यक पर्ने दाल, चामल, नुन, तेल लगायत सामग्री व्यवसायीले भरिया मार्फत ढुवानी गरिसकेका कारण गोसाइँकुण्ड धार्मिक मार्गको खन्ती उकालोदेखि कुण्डसम्म चहलपहल बढेको हो । 

सत्ययुगमा देव र दानवबाट समुद्र मन्थन हुँदा निस्केको कालकूट विष निली डाहमा परेका शिव उत्तरापन्थ लाग्दा नीलाद्रि पर्वतमा त्रिशूलले रोपेर जल उत्पन्न गरी त्यहीँ शयन गरी डाह शान्त गरेका कारण हिन्दू र बौद्ध दुवै धर्मावलम्बी मनोकाङ्क्षा पूरा हुने विश्वासले दशहरा र जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा तीर्थ भर्न आउँछन् । 

गोसाइँकुण्ड जाने यात्रुलाई सहजताका लागि धुन्चेको तिवारी बगरमाथिको उकालो र जोखिम भिरको बाटो बदल्दै लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सहकार्य गर्दैआएको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले रु नौ लाखको लागतमा नदी किनारबाट ग्याबिन पर्खाल लगाई नयाँ बाटो निर्माण गरिदिएको छ । यसबाट हिँड्न अत्यन्तै सजिलो भएको गोसाइँकुण्ड मार्ग होटल व्यवस्थापन समितिका अध्यक्ष तेन्जेन तामाङले बताउनुभयो । 

विगत वर्षमा पहिराका कारण रोकिने मूलखर्क क्षेत्रको सडक व्यवस्थापन गर्न तीन डोजर तैनाथ गरिएकाले नेपाल–चीन केरुङ व्यापारका रुपमा स्थापित भइसकेको पासाङल्हामु राजमार्गमा ठूलै पहिरो चले पनि एक÷दुई घन्टाभन्दा बढी नरोकिने सडक डिभिजन कार्यालयले जनाएको छ । 

भूकम्पपछि क्षतिग्रस्त भएका होटलहरुकामे मर्मत भइसकेको छ । थप बासस्थानका लागि अस्थायी छाप्रा बनाउने काम पनि सुरु भएको छ । गाउँ गाउँका व्यवसायी धार्मिक मार्गमा केन्द्रित भएका कारण मेलाको आकर्षण बढ्न थालेको चन्दनबारीका अर्का व्यवसायी सुब्बा लामाले बताउनुभयो । 

उकालो हिँड्न नसक्ने यात्रुका लागि घोडाको समेत व्यवस्था छ । 

यस्तै धार्मिक क्षेत्रको वनसम्पदा संरक्षणका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले लठ्ठी खोज्ने निहुँमा वनवनस्पति नमास्न आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने