२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दल र सबैको प्रयासले झापा शान्तः प्रशासन

२७ पुष २०७२, सोमबार ०७:२८

jhapa news

पुस २७, बिर्तामोड । झापाको प्रशासन तथा सुरक्षा
निकायका प्रमुखले राजनीतिक दल र अन्य सबै क्षेत्रको प्रयासबाट विषम परिस्थितिमा पनि जिल्लामा शान्ति
कायम गर्न सकिएको बताएका छन् ।

प्रशासन तथा प्रहरीका प्रमुख
आवद्ध रहेको द्वन्द्व पहिचान तथा विश्लेषण समितिको सोमवार जिल्ला प्रशासनमा भएको छलफलमा सहभागीले
त्यस्तो बताएका हुन् । संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलमा समितिका संयोजक एवम् प्रमुख जिल्ला
अधिकारी तेजप्रसाद पौडेलले झापामा शान्ति कायम गरिराख्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्नेमा
जोड दिए । उनले भूमिगत संघ–संगठन तथा अन्य क्षेत्रबाट शान्ति सुरक्षामा पर्न सक्ने असरबारे प्रहरी
प्रशासन चनाखो रहेको भन्दै थप सतकर्ता अपनाउन सबैमा आग्रह गरे ।

प्रजिअ पौडेल तथा सुरक्षा निकायका प्रमुखहरुले संवाद समूह मार्फत झापाका राजनीतिक दलले
निर्वाह गरेको भूमिका र दलहरुबीचको समन्वय जिल्लामा शान्ति स्थापनाका लागि अनुकरणीय रहेको भन्दै प्रशंसा
गरे । प्रहरी बरिष्ठ उपरीक्षक केदार रिजाल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी
उपरीक्षक शातिराम कार्की, सहसेनानी नवीन श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, राष्ट्रिय
अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल, प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यले आ–आफ्नो विभागीय क्षेत्रको
अवस्था बारे जनकारी गराएका थिए । उनीहरुले आआफ्नो क्षेत्रबाट देखिएको र सम्भावित द्वन्द्व, विवाद बारे
छलफलमा अवगत गराएका थिए ।

झापामा शान्ति स्थापनाका लागि संवाद
समूह र प्रशासनबीचको समन्वयमा काम गर्नुपर्नेमा सो अवसरमा जोड दिइयो । जिल्लामा हाल नयाँ यातायात
व्यवसायीका कारण उत्पन्न हुने समस्या, केरखा, झिलझिले क्षेत्रमा सुगुर र छाडा चौपायले बढाउने दुर्घटना,
वन तथा सार्वजनिक स्थलमा प्रतिस्पर्धाको रुपमा बढ्दो समाधिस्थलमा निर्मित कंक्रिट चिहान, खुल्ला सीमा र
साना तथा घरेलु हतियारको ओसारपसार, कालोबजारी, प्राकृतिक स्रोत, हात्तीको समस्या जस्ता विषयमा छलफल
गरिएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । त्यस्तै विद्यालयमा
प्रधानाध्यापकको पदस्थापन, विद्यालय व्यवस्थापन समिति गठन, शैक्षिक प्रतिष्ठानको जग्गा कृषकले उपभोग
गरेको विषय, लिम्बुवान, मधेशवादी, भूमिगत अन्य समूहका विषय पनि छलफल भएको संवाद समूहका सहजकर्ता
खगेन्द्र खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव