२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दल र सबैको प्रयासले झापा शान्तः प्रशासन

२०७२, २७ पुष सोमबार ०७:२८

jhapa news

पुस २७, बिर्तामोड । झापाको प्रशासन तथा सुरक्षा
निकायका प्रमुखले राजनीतिक दल र अन्य सबै क्षेत्रको प्रयासबाट विषम परिस्थितिमा पनि जिल्लामा शान्ति
कायम गर्न सकिएको बताएका छन् ।

प्रशासन तथा प्रहरीका प्रमुख
आवद्ध रहेको द्वन्द्व पहिचान तथा विश्लेषण समितिको सोमवार जिल्ला प्रशासनमा भएको छलफलमा सहभागीले
त्यस्तो बताएका हुन् । संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलमा समितिका संयोजक एवम् प्रमुख जिल्ला
अधिकारी तेजप्रसाद पौडेलले झापामा शान्ति कायम गरिराख्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्नेमा
जोड दिए । उनले भूमिगत संघ–संगठन तथा अन्य क्षेत्रबाट शान्ति सुरक्षामा पर्न सक्ने असरबारे प्रहरी
प्रशासन चनाखो रहेको भन्दै थप सतकर्ता अपनाउन सबैमा आग्रह गरे ।

प्रजिअ पौडेल तथा सुरक्षा निकायका प्रमुखहरुले संवाद समूह मार्फत झापाका राजनीतिक दलले
निर्वाह गरेको भूमिका र दलहरुबीचको समन्वय जिल्लामा शान्ति स्थापनाका लागि अनुकरणीय रहेको भन्दै प्रशंसा
गरे । प्रहरी बरिष्ठ उपरीक्षक केदार रिजाल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी
उपरीक्षक शातिराम कार्की, सहसेनानी नवीन श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, राष्ट्रिय
अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल, प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यले आ–आफ्नो विभागीय क्षेत्रको
अवस्था बारे जनकारी गराएका थिए । उनीहरुले आआफ्नो क्षेत्रबाट देखिएको र सम्भावित द्वन्द्व, विवाद बारे
छलफलमा अवगत गराएका थिए ।

झापामा शान्ति स्थापनाका लागि संवाद
समूह र प्रशासनबीचको समन्वयमा काम गर्नुपर्नेमा सो अवसरमा जोड दिइयो । जिल्लामा हाल नयाँ यातायात
व्यवसायीका कारण उत्पन्न हुने समस्या, केरखा, झिलझिले क्षेत्रमा सुगुर र छाडा चौपायले बढाउने दुर्घटना,
वन तथा सार्वजनिक स्थलमा प्रतिस्पर्धाको रुपमा बढ्दो समाधिस्थलमा निर्मित कंक्रिट चिहान, खुल्ला सीमा र
साना तथा घरेलु हतियारको ओसारपसार, कालोबजारी, प्राकृतिक स्रोत, हात्तीको समस्या जस्ता विषयमा छलफल
गरिएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । त्यस्तै विद्यालयमा
प्रधानाध्यापकको पदस्थापन, विद्यालय व्यवस्थापन समिति गठन, शैक्षिक प्रतिष्ठानको जग्गा कृषकले उपभोग
गरेको विषय, लिम्बुवान, मधेशवादी, भूमिगत अन्य समूहका विषय पनि छलफल भएको संवाद समूहका सहजकर्ता
खगेन्द्र खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन