२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट बच्न आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रीको आग्रह

२०७७, २३ चैत्र सोमबार १२:४७

चैत २३, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गर्नुभयो । पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा पोजेटिभ हुने परिस्थितिले प्रभावित हुने क्रम बढदै गएको स्पष्ट हुन्छ भन्दै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताउनुभयो ।

कोरोनाबाट आइतबारसम्म तीन हजार ३२ ले ज्यान गुमाएको र मृत्यदर १.१ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रहेकामा त्यसपछि घटेको तथा पछिल्ला केही दिनमा बढेको हुँदा  जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म रु पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।

 महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको तथा सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह भएको जानकारी दिइयो । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिसकिएको सो अवसरमा जानकारी दिइयो ।

खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै उहाँले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको बताउनुभयो । सरकारले थप सुपथ मूल्यमा २० लाख डोज खरिद गरिसकेको तथा प्राप्त खोपलाई प्राथमिकताका आधारमा सर्वसाधारणलाई उपलब्ध हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वमै आप्रवासीलाई खोप प्रदान गर्ने नेपाल पहिलो मुलुक हो । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणमा लिनु पर्ने खोप भण्डारणमा सुरक्षित छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक