२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

२०७७, २४ चैत्र मंगलवार ०४:४७

चैत २४, काठमाडौँ । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ । बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् ।

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ । भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

स्वतःस्फूर्तरूपमा जम्मा भएका स्थानीयवासीले ‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने ?’ भन्दै विरोध गरेका थिए । विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निर्णय लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए ।

प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै प्रदर्शनमा सहभागी राधेश्याम श्रेष्ठले आक्रोश व्यक्त गर्नुभयो । प्रशासनको निर्णय नमान्ने र जात्रा पर्व सञ्चालन गरेरै छाड्ने भन्दै स्थानीयवासी रोमन सुवालले भैरवनाथको रथ तान्ने बताउनुभयो ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भएको बताउँदै जात्रा सञ्चालन गर्ने÷नगर्नेबारे निर्णय गुठी संस्थानले नलिने बताउनुभयो । गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पूरा गरेको उहाँले बताउनुभयो । प्रदर्शनमा उत्रिएका भक्तपुर र थिमिका बासिन्दाले भने प्रशासनको निर्णय नमान्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक