२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

२०७७, २८ चैत्र शनिबार ०२:४९

चैत २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (माओवादी  केन्द्र)  ले  पार्टी  परित्याग गरेर  नेकपा  (एमाले)  को  सदस्यता  प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित   दल   त्यागको   जानकारी सङ्घीय संसद्लाई दिएको छ। 

पार्टीले दल त्यागको जानकारीसहितको सूचना    शुक्रबार    सङ्घीय    संसद्का महासचिवसमक्ष  दिएको  हो।  उक्त  सूचना राष्ट्रिय  सभामा  पठाइएको  छ।  सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही  गरी  दल  त्यागको  जानकारी पठाइएको हो।

थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो  दलमा  नरहेको  पत्र  सङ्घीय  संसद् सचिवालयलाई    बुझाए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका  कारण  स्थान  रिक्तको  सूचना प्रकाशन प्रक्रिया भने वैशाख १ गतेपछि मात्र अगाडि  बढ्नेछ।  

सूचना दर्ता भएसँगै अब राजनीतिक दलसम्बन्धी    ऐनको    प्रावधानअनुसार उक्त  सूचना  सचिवालयले  राष्ट्रिय  सभा अध्यक्षसमक्ष   पेस   गर्नेछ।   अध्यक्षले उक्त  सूचना  बढीमा  १५  दिनभित्र  सदनमा जानकारीका  लागि  पेस  गर्नुपर्ने  छ।

  हाल राष्ट्रिय सभाको अधिवेशन चालू नरहेकाले उक्त सूचना सचिवालयको सूचना पाटीमा टाँस  गरिनेछ।  राष्ट्रिय  सभा  अध्यक्ष हाल  स्पेन  भ्रमणका  क्रममा  रहेकाले उक्त  प्रक्रिया  वैशाख  १  गतेपछि  मात्र  सुरु हुनेछ। सूचना प्रकाशन भएसँगै सांसदको स्थान  रिक्त  हुनेछ।  स्थान  रिक्त  भएको अवस्थाको  जानकारी  संसद्ले  निर्वाचन आयोगलाई  बढीमा  १५  दिनभित्र  दिनुपर्ने छ। 

निर्वाचन  आयोगले  छ  महिनाभन्दा बढी  कार्यकाल  रहेको  अवस्थामा  रिक्त स्थानमा  उपनिर्वाचनको  प्रक्रिया  अगाडि बढाउनेछ।   थापाको   राष्ट्रिय   सभाको कार्यकाल ६ वर्ष र खड्काको कार्यकाल चार वर्षको छ। माओवादी केन्द्रले ४ निर्वाचित सांसदलाई पनि हटाइसकेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ