२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वी तराईका आदिवासीको सिरुवा पर्व कोभिडबाट प्रभावित

२ बैशाख २०७८, बिहीबार १२:४१

बैशाख २, झापा । झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ । 

नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो । 

राजवंशी र ताजपुरिया जातिले वैशाख १ गते पानी, २ गते कादो (हिलो) र ३ गते रंग खेलेर सामूहिकरुपमा सिरुवा पर्व मनाउँछन् । कोभिड सङ्क्रमण बढेका कारण यस वर्ष आआफ्नो घरमा बसेर पर्व मनाउन बाध्य भएको राजवंशी समाज विकास समितिकी केन्द्रीय सदस्य फूलमति राजवंशीले बताउनुभयो । 

“कोभिडको जोखिम बढेका कारण यसपटक उल्लासपूर्वक मनाउन पाइएन । आफन्त, नातागोताकोसमेत जमघट भएन”, उहाँले भन्नुभयो, “हिन्दूको महान चाड दशैँ जस्तै हो यो हाम्रो सिरुवा पर्व, तर पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा भएकाले जमघट गरिएन ।”

उहाँले पछिल्ला दुई वर्षमा कोभिड सङ्क्रमणको त्रासदीका कारण सिरुवाको रौनकले नछोएको बताउनुभयो । वर्षभरि शीतलता प्राप्त होस्, क्रोध नष्ट भएर जाओस् भन्ने कामना गर्दै वैशाख १ गते पानी सिरुवा मनाइने गरिन्छ । त्यसैगरी वैशाख २ गते हिलो छ्यापाछ्याप गरी माटोसँगको आत्मीयता कायम राख्न कादो सिरुवा मनाउने गरिन्छ भने वैशाख ३ गते जीवन थप रङ्गीन बनोस् भन्ने कामना गर्दै रंग सिरुवा मनाउने परम्परागत चलन भएको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान