२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

२०७८, ५ जेष्ठ बुधबार ०३:५६

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको संकेत गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । महाशाखाले गराएको ध्यानाकर्षणमा उल्लेख छ '(TaukTae) सामुद्रिक आँधीको प्रभावले नेपालको बिशेष गरि पश्चिम भूभागमा हुने बर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने,जेठ ७ गतेसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन अनुरोध छ ।' 


आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । बागमती प्रदेशमा भने भोलि भारी वर्षाको सम्भावना रहेको छ ।

अरब सागरमा बनेको ताउ ते चक्रवात अहिले उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । यस क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ । चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै