साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२"/>
२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

बाढी-पहिरोबाट एकसय २३ परिवार विस्थापित

२९ श्रावण २०७३, शनिबार ०५:२४

साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२ जना आफन्तको शरणमा छन् । 

घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन्दा छन् । 

सबैभन्दा बढी अधिकारीचौर गाविसका ६७ घरमा पूर्ण क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिनुभयो । सो गाविसका ३९७ जना विस्थापित अवस्थामा छन् । भुजी खोलामा आएको बाढीले अधिकारीचौरको दोगाडी, छालहाल्ने, ओख्रेनी, सामीद्वारलगायतका बस्तीमा क्षति पु¥याएको थियो । बुङ्गादोभानमा २० घर पूर्ण क्षति हुँदा १३० जना विस्थापित छन् । 

त्यस्तै बुर्तिवाङमा नौ घरका ४७ जना, भिमगिठेमा पाँच घरका २२ जना, दर्लिङमा चार घरका १७ जना, निशीमा तीन घरका १६ जना विस्थापित भएको प्रजिअ पाण्डेयले बताउनुभयो । बाढीले ग्वालीचौरको एक घर बगाउँदा सात जना विस्थापित छन् । जिल्लाको अन्यत्र भागमा पनि पहिरोले घरमा क्षति पु¥याउँदा सर्वसाधारण घरवार विहीन बनेका छन् । 

बागलुङ नगरपालिकाका पाँच घरमा पुगेको क्षतिले २२ जना, मालिकाको एक घरका चार जना, रायडाँडाका दुई घरका पाँच जना, कुश्मीसेराका दुई घरका १० जना र बोहरागाउँका दुई घरका आठ जना विस्थापित भएको जनाइएको छ । बाढी प्रभावितको लागि प्रारम्भिक राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताउनुभयो । सम्बन्धित गाविस सचिवले वितरण गर्ने गरी पेश्की रकम दिइएको उहाँको भनाइ छ । 

“पहिलो चरणको नगदसहित राहत सामग्री वितरण भइसकेको छ” सहायक प्रजिअ गिरीले भन्नुभयो, “प्रतिपरिवारमा रु १० हजारका दरले राहत पुगेको छ, अझै छुटेका परिवार छन्, विस्थापितका सङ्ख्या पनि संशोधन हुने अवस्था छ ।” गृह मन्त्रालयबाट तोकिएर आउने रकमको अतिरिक्त जिल्ला दैवी प्रकोप उद्धार समितिबाट पनि राहत वितरण गरिएको छ । 

घर, जग्गा र सम्पत्ति गुमाएका परिवारलाई तत्काल सहयोग पुगे पनि दीर्घकालीन व्यवस्थापनको लागि चुनौती रहेको छ । अधिकारीचौरका शिक्षक दुर्गा भण्डारीले बाढी प्रभावित कोही आफन्तकोमा त कोही टहरा बनाएर बसेको बताउनुभयो । “सिङ्गो गाउँनै बगर पल्टिएको छ, मानिस शोकमा छन्” भण्डारीले भन्नुभयो “स्थायी बाससहितको पुनःस्थापना गर्न गाह्रो देखिएको छ ।” 

घरवार गुमाएका परिवारलाई राज्यले राहत रकम वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । गैरसरकारी स्तरबाट पनि बाढी प्रभावित क्षेत्रमा राहत वितरणको कार्य चलिरहेको छ । जिल्लाका राजनीतिक दलले पनि राहत सङ्कलन गरिरहेका छन् । 

कतिपय संस्थाले अस्थायी आवास निर्माणका लागि पहल अघि बढाएका छन् । बाढीपछि पश्चिम क्षेत्रको जनजीवन कष्टकर बनेको छ । यातायात, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा अवरुद्ध बनेका छन् । बाढीले करोडौँको भौतिक सम्पत्तिमा क्षति पु¥याएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला