<p>असार १४, पोखरा (रासस) । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । </p><p><img src="http://sajhasabal.com/uploads/posts/b6638cdeccb0d33b8048d7e24af87af81624893503.jpg" style="width: 693px;"><br></p><p>पोखराका बाFस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।</p>
Related News


