२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

२०७८, २० असार आईतवार १२:२८

असार २०, काठमाडौँ (रासस) । मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सन्दर्भमा समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै सो आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ केन्द्र सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी क्षेत्रका ऊर्जा उद्यमीले निर्माण गरेका ६० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाले बिजुली जोडन सक्ने भएका छन् । ती सबै आयोजना केही सम्पन्न हुने चरणमा पुगेका छन् भने केही निर्माणका क्रममा छन् ।

कूल २६ किलोमिटर प्रसारण लाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किटयुक्त छ । त्यसमा दुई सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।

समुन्द्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ दुई थान ३० एमभीए क्षमताका ट्रान्सफर्मर र ३३/११ केभीतर्फ दुई थान आठ एमभिए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । त्यस्तै १३२ केभीतर्फ पाँच वटा ‘बे’ र ३३ केभीतर्फ चार वटा ‘बे’ उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । नेपाल सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी) तथा युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा  निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन र सबस्टेसनको कूल लागत  रु एक अर्ब ५५ करोड रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिइ एफइपिइसी जेभी, चीनसँग २०७३ मङ्सिर १३ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

सो आयोजनाको उद्घाटन गर्दै प्र्रधानमन्त्रीले ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको थियो । सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढङ्गले अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो । “पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सहायक लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ”, प्रधानमन्त्रीको भन्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार