२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडान सङ्ख्या थप्न माग

२०७८, २० असार आईतवार १५:१८

असार २०, काठमाडौँ (रासस) । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ ।

हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे छ ।

‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान सङ्ख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पु¥याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै सङ्घले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ ।

हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ ।  स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार