२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ : घर जोगाउन बाढी तर्काउँदा आफैं बेपत्ता

२०७८, २३ असार बुधबार १५:३४

 असार २३, बलेवा (रासस) । आज बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाउनुभयो । 

चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाउनुभयो । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सक्नुभएन । 

बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई आज बिहान बाढीले बगाउँदा बेपत्ता हुनुहुन्छ । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भन्नुभयो, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।” 

राजेन्द्रसँग सडकको भल तर्काइरहेका उहाँका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते हुनुहुन्छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भन्नुभयो, “खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।” 

कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताउनुभयो । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार