२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

२५ असार २०७८, शुक्रबार ०२:१७

असार २५, काठमाडौं । काठमाडौं स् अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ। विभागले शुक्रबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बाग्मती प्रदेशमा बर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, माङ्दी लगायतमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ। 

कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतमा बहाब केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने स(साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ।अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा