२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

२७ असार २०७८, आईतवार ०३:०२

असार २७, काठमाडौं । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल  दूरसञ्चार सेवामा प्रयोग  गर्न  नमिल्ने  बनाउने  तयारी  अन्तिम चरणमा  पुगेको  छ ।

नेपाल दूरसञ्चार  प्राधिकरणले  यसका  लागि सफ्टवेयर जडान  गरिसकेको  छ । साउन १ देखि  प्रारम्भिक  रूपमै  भए  पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको  प्रयत्नपछि मोबाइल  संयन्त्र  व्यवस्थापन  प्रणाली  (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को परीक्षणको प्रयोगमा प्राधिकरण  जुटेको  छ । यद्यपि यसका लागि आवश्यक  हार्डवेयर नेपाल आइनसकेकाले  यसको  पूर्ण  कार्यान्वयन  भने  अझै  केही  महिना  हुने छैन ।

प्राधिकरणका  अनुसार  साउन  १  पछि  हाल  जडान  गरिएको  एमडीएमएसको सफ्टवेयरले  नेपालमा  अहिलेसम्म  प्रयोग भइरहेका  वैध  र  अवैध  मोबाइल चिन्नेछ ।

सफ्टवेयरले वैध मोबाइललाई   श्वेत   सूची (ह्वाइट  लिस्ट)  र  अवैधलाई  कालोसूची  (ब्ल्याक लिस्ट)मा राख्नेछ ।

साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट  लिस्टमा  रूपान्तरण  गरिने  अध्यक्ष  खनालले  जानकारी  दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले