२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

२७ असार २०७८, आईतवार १२:४५

 असार २७, इस्लामावाद, पाकिस्तान, (रासस/एएन्आई) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । 

मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो । 

पाकिस्तानमा अहिल्सम्म कूल  नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।

यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह  गरेका छन् ।

पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौँथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई अद्धृत गरी आफ्नो समाचारमा लेखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह