२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

२०७८, २८ असार सोमबार ०२:४२

असार २८, काठमाडौं । रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन।

द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।  

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे।

पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुप¥यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै बलात्कारमा परेकी थिइन् सरला। त्यही पिरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पीडा थपियो।

उपचार अभावमा आठ वर्षका छोरासमेत गुमाएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो।

आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्वन्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन्।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार