२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्घीय नमूना युवा संसद् आजदेखि

२८ असार २०७८, सोमबार ११:४०

असार २८, काठमाडौँ (रासस) । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । प्रदेश नमूना युवा संसद्बाट छनोट भएका देशभरिका ८० जना १६ देखि २४ वर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअलमाध्यमबाट सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकासका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रदेशस्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेशसभा सञ्चालन गरिसकेका युवा सङ्घीय युवा संसद्मा सहभागी छन् । 

यसअघि परिषद्ले सातवटै प्रदेशमा ‘प्रदेश नमूना युवा संसद्’ र स्थानीय तहबाट नगरसभा सञ्चालन गरिसकेको छ । उहाँले नेपाल सरकारले जारी गरेको युथ भिजनअनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद् आयोजना गरिएको बताउनुभयो । 

यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन भइसकेको छ । “युवालाई कानून, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवकीको भाव, अधिकार कर्तव्य र दायित्व बोध गराउन सकिएन भने मुलुक समृद्धितर्फ लैजान सकिदैन”, उहाँले भन्नुभयो, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसद्बाट युवाले सिक्नेछन् ।”

उहाँले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्रको संस्कृतिबारे युवालाई ज्ञान दिइ अब्बल तथा योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताउनुभयो ।

युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्नेछन् ।  

तीन दिनसम्म सञ्चालन हुने नमूना संसद्मा सहभागी भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र सांसद चयन हुनेछन् ।

यसरी चयन गरिएका युवाले मङ्लबारदेखि सङ्घीय व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था तथा संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह