२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्लादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

२८ असार २०७८, सोमबार १६:०५

बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । 

असार २८, ढाका (रासस/सिन्ह्वा) । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

“कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो,” एक सरकारी अधिकारीले भने ।   

थपिएका सङ्क्रमितसँगै बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये थप २२० जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ ।  

बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमति भएर पनि सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या आठ लाख ८१ हजार ५२१ पुगेको छ ।

तीमध्ये सात हजार २० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । 

सरकारले सार्वजनिक गरेको आधिकारिक विवरणमा बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको प्रतिशत १.१६ रहेको छ ।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८५.१७ प्रतिशत रहेको छ । 

बङ्लादेशमा एकैदिनमा सबैभन्दा धेरै जनाको मृत्यु भने गत जुलाई ११ मा भएको थियो । त्यो दिन २३० जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह