२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईश्वर श्रीमान् कस्सिएपछि…

३० असार २०७८, बुधबार ०१:४७

असार ३०, काठमाडौं । सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ?

यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलोभनमा नपरी राम्रो फैसला लेख्ने, आफैँ टाइप गर्ने र छिटो फैसला तयार पार्ने न्यायाधीशका रुपमा चिनिन्छन् ।

त्योभन्दा पनि ठूलो कुरा रहेछ, निर्भिक कार्यशैली । ०५२ सालताका सिन्धुली जिल्ला अदालतको न्यायाधीश हुँदा सरकारले डाँका मुद्दाका एकजना प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय ग¥यो ।

त्यसबेलाको कानुनअनुसार त्यस्ता मुद्दा सरकारले मात्रै फिर्ता लिएर पुग्दैन, शुरु अदालतले निस्सा दिनुपर्ने हुन्छ । तर, जिल्ला अदालतबाट शुरु भएको उक्त मुद्दाका ती प्रतिवादीलाई न्यायाधीशका हैसियतले ईश्वरले सदर गएनन् ।

उनले ‘सरकारको निर्णयअनुसार मुद्दा फिर्ता हुन नसक्ने’ राय दिएपछि अभियुक्तले उन्मुक्ति पाएनन् । 

पछिल्लोपटकको संसद विघटनपछि मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ईश्वरकै बेञ्चमा राखिएको थियो । अन्तरिम आदेश माग गरिएको उक्त मुद्दामा उनले त्यस्तो आदेश दिएनन्, दुवै पक्षलाई छलफलमा बोलाइयो ।

शायद, संवैधानिक इजलाशमा भएर पनि होला उनले हाट्टहुट्ट नगरेको । पछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाले नियुक्ति नै बदर गरिदिए । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल