२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

२०७८, ३० असार बुधबार ११:३४

असार ३०, काठमाडौँ (रासस) । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहनुभएको छ । 

बन्द प्रशिक्षणमा रहनुभएका खेलाडीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको छ । साफ च्याम्पियनसीप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार