२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उन्नाइस करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

२०७८, ३ श्रावण आईतवार १३:००

साउन ३, काठमाडौँ (रासस) । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । 

दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए ।

प्रकाशबाट पटकपटक गरी रु चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट रु चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ । 

उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको रु १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।

यसैबीच महोत्तरीको पिपरा गाँउपालिकाका फरार प्रतिवादी सन्तोषकुमार मिश्रलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको ब्यूरोले जनाएको छ ।

लेनदेन बिगो मुद्दामा रु ३५ लाख र त्यसको ब्याजसमेत भराउने गरी महोत्तरी जिल्ला अदालतले फैसला गरे पनि उनी फरार हुँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो