२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

२०७८, ५ श्रावण मंगलवार १०:०९

शुरबहादुर सिंह । साउन ५, कर्णाली (रासस)। शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको  कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।

सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट सङ्क्रान्ति भनिने गरिएको हो । ‘मानो रोपेर मुरी’ उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर खेतीपातीका लागि हिलोमैलो गरेर थाकेका किसान सफसुग्घर भएर आफ्ना परिवार तथा आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

लुतो तथा अन्य छालाको रोगबाट मुक्त होइन्छ भन्ने धार्मिक मान्यताका रहेको साउने सङ्क्रान्ति कर्णाली प्रदेशमा भने अलि फरक रुपले मनाइन्छ ।  यो दिनमा कर्णालीमा विशेषगरी सल्लाको झरो (चिरेको तेलयुक्त काठ) बाट बनाइएको राँको बालिन्छ । यसरी विधिपूर्वक बालिएको राँकोले  वर्षाका बोला लाग्ने सरुवा रोगका साथै मानसिक विकार पनि जलेर खरानी हुन्छ भन्ने मान्यता रहेको छ । 

संस्कृतिसम्बन्धी जानकारहरु यो पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व रहेकोे बताउँछन् । एउटै जस्तै देखिए पनि प्रचलित परम्पराअनुसार हरेक वर्ग, जाति र  क्षेत्रका बासिन्दाले आ–आफ्नै मौलिक संस्कृतिका रुपमा यो पर्व मनाउँदै आएकामा आधुनिक सूचना र प्रविधिको विकासले यसका मौलिक पक्ष विस्मरण हुँदै आएका  छन् ।

सूचना र प्रविधिको विकास, बढ्दो शहरीकरण, बसाइँसराइ, आधुनिक जीवनशैलीजस्ता कारणले बिहेबारी, व्रतबन्ध, रत्यौली, रुद्रीकथा, मेला (पैठ) मालिकाको पूजाआजालगायत शुभ अवसरमा गाइने झोडा, मागल (मङ्गलगान) चरण, धमारी आदि सुनिन छाडेका छन् ।

परिवर्तित जीवनशैलीका कारण न्याउली तथा कोइलीको भाकामा गाइने गीत पनि लोप हुँदै गएको छ भने  बनिबनाउ गीत, पश्चिममा संस्कृति मुखरित डिजे सङ्गीत आजको युवा चाहनाको केन्द्रविन्दु बन्दै आएको छ । आयातित संस्कृति र जीवनशैलीले परम्परागत  संस्कृतिको संरक्षण र संवर्धन  गर्न चुनौतीपूर्ण भएको कनकासुन्दरी गाउँपालिका निवासी सूर्यमणि हमाल बताउनुहुन्छ ।

बारुवाँ, सोह्रुवा, बिसुवाँ, साउने सङ्क्रान्तिजस्ता  यी यस्तै पर्वको सांस्कृतिक तथा मौलिकपन लोप हुँदै जान थालेकाले यहाँका पाको पुस्ता चिन्तित हुँदै तिनको जगेर्ना गर्नुपर्नेमा जोड दिन थालेका छन् । 

स्थानीय संस्कृतिका जानकार तथा ‘खसिया आखर’का सम्पादक रमानन्द आचार्य पछिल्लो पुस्ताको जीवनशैली र क्रियाकलापले यहाँको भाषा, कला, साहित्य र संस्कृतिमा अतिक्रमण भएको बताउनुहुन्छ । कुनैपनि परम्परा र सभ्यता स्थानीय समुदाय, भाषा र जातिको सामाजिक, सांस्कृतिक पहिचान र अस्तित्वसँग जोडिने भएकोले तिनको जगेर्ना गर्नु राज्य, सरकार र सरोकारवाला सबैको दायित्व भएको उहाँ सुझाउनुहुन्छ । कर्णालीमा साउने सङ्क्रान्तिका दिन आरुको काठमा चिरेको झराले बनाइएको राँको (सल्लाको तेलले भरिएको काठबाट बनाइएको दियालो) बालिन्छ र त्यो समयमा लुतोपुतो, खाइने, खड्किने, जल्ने, पोल्ने शरीरमा भएका सबै रोगव्याधि गइजाओस् (समाप्त होस्) भन्ने कामना गरिन्छ । 

पौराणिक कालमा बलिराजाले राजकाज सम्हालेको खुशीयालीमा र हनुमानले लङ्का जलाएको सम्झना राँको जलाउने गरिएको र यसका  साथै गुनाको पुच्छर, कैंयारको बिरुवा, थोरै चामल, घरको कुनाको धुलो कुटिरो बनाएर निश्चित ठाउँमा सेलाउने प्रचलन रहेको सम्पादक आचार्य बताउनुहुन्छ  ।

साउने सङ्क्रान्तिलाई देउडा पर्वका रुपमा मनाउन र आपसी बन्धुत्व, भातृत्व, भगिनीत्व र मित्रवत् सम्बन्ध कायम राख्नका लागि यहाँको प्रदेश सरकारले राजपत्रमै उल्लेख गरेर  साउने सङ्क्रान्तिमा देउडा पर्वसमेत थपेर गत वर्षदेखि  सार्वजनिक बिदा दिँदै आएको छ  ।

हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरमा खेलिने देउडा कोरोना महामारीका कारण गत वर्ष रोकिएकामा यही साउन १ गते पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीबाट  देउडाको शुभारम्भ भयो ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले  चैत १२ गते धान दिवस र असोजमा चन्दननाथ मन्दिरमा लिङ्गो हाल्ने (ठड्याउने) दिनलाई पनि सार्वजनिक बिदा दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

जुम्ली एकता सेवा समाजका सदस्य अमृत पाण्डे यहाँको कर्णालीको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनसँग मेल खाने विषयवस्तुका बारेमा गितीलयबाट बोलिने  देउडाको  संरक्षण र संवद्र्धनका लागि प्रारम्भ थालिएको बताउनुहुन्छ ।  । 

हरेक अवसरमा खेलिने देउडा र माटेघरको छतमा, मिलेको थाडो, बाडो र ओटालोमा बालिने राँकोजस्ता चाड पर्वको रौनक अहिले जस्ताले छाइएका घरका कारण ओझेलमा पर्दै गएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने गुनासो गर्नुुहुन्छ । 

“आजकालका ठेटाठेटी (युवकयुवती)हरु डेक प्रयोग गरेर  अर्काकै गीतमा रमाउँछन् । हाम्रो पालामा हामी आफैँ गीत सिर्जना गरेर नाच्थ्यौँ, गाउँथ्यौँ, रमाउँथ्यौँ । अचेल न हामी उनका गीत बुझ्छौँ न त उनीहरु हामीले गाएको बुझ्छन्”, तिला गाउँपालिकाका बिजुली सिंहको भनाइ छ । 

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धिताल देउडालगायत अन्य मौलिक संस्कृति संरक्षणको अभियान थालिएको बताउनुहुन्छ । 

देउडा सुदूर तथा मध्यपश्चिम नेपालको लोकप्रिय खेल मानिन्छ । हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडीलगायत जिल्लामा सामाजिक परिवेशलाई गितीलय, कविता, व्यङ्ग्य प्रहसन र कथाका माध्यमबाट चित्रण गर्ने यो खेल यहाँको अस्तित्व र मौलिकता रक्षाको प्रमुख कडीका रुपमा रहेकाले यसको संरक्षणको पहल थालिएको जुम्लास्थित कर्णाली देउडा समाजका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला