२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

२०७८, २९ आश्विन शुक्रबार ०१:३३

असोज २९, भक्तपुर | भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु भवानीको मन्दिरमा गइन् । तर गेटमा पुग्न नपाउँदै त्यहाँका सुरक्षाकर्मीले भित्र जानबाट रोकिहाले । अनि मन्दिरमा चढाउन आएको अछेटा घरमै फिर्ता लगिन् । 

'पहिले पहिले मन्दिरभित्र गई पूजा गरेको थिएँ । दसैँमा पूजा गर्न आएको तर भित्र जान दिएन,' उनले भनिन्, 'कोरोना भएकोले भित्र जान नदिएको रे । गेटमा गएर पूजा गरेर फर्किएँ ।' 

तलेजु मन्दिरमा पूजा गर्नको लागि रामेश्वर तमखु पूजा सामग्री लिएर मन्दिर भित्र पस्न खोजे तर उनलाई पनि सुरक्षाकर्मीले रोके । उनी पनि गेट छेवैको मन्दिरलाई पूजा गरी फर्किए । 

विगतका वर्षमा बडादसैँ टीकाको दिन राँगो, बोका, कुखुरा, हाँसलगायतको बली तलेजु भवानीमा दिइने गरिन्थ्यो । तर यस वर्ष सामान्य रुपमा पूजा गर्न अनुमति दिएकोले भित्र गएर पूजा गर्न नदिएको सुरक्षाकर्मीले बताएका छन् । यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पालिकालगायत सम्बन्धित सरोकारवाला निकायको बैठकले बलि चढाउन नदिने निर्णय गरेको थियो  । 

तर स्थानीयले मन्दिरभित्र पसेर पूजा गर्न नदिएकोमा दुखेसो पोखेका छन् । सधैँ पूजा गर्दै आएको मन्दिरमा पूजा गर्न नपाउँदा खल्लो लाग्ने तमखुले बताए । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । उनले विगतका वर्षमा १२५ जना पुजारीलाई तलेजु भवानीको लागि गेट पास दिएको र बलि दिएमा भीडभाड हुने भएकोले नदिने निर्णय गरेको सुनाए । 

'मन्दिरमा सरकारले बलि दिने गर्छ । राँगोलगायत विभिन्न पशु बलि दिइन्छ,' उनले भने, 'नगरपालिका, गुठी संस्थान, सुरक्षाकर्मीलगायत सरोकारवाला निकायसँग बसेर निर्णय गरेका हौं । सोही निर्णयअनुसार आज बलि दिइने छैन । तर सामान्य पूजा गर्न पाउनेछन् ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै