२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो दसैँमा पनि छोरा आएन…

२०७८, ३१ आश्विन आईतवार ०३:३२

असोज ३१, दाङ | ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका १ गंगटेका उनको अनुहारमा छोराको सम्झनाले यस्तै आकृति कोर्न थालेको १० वर्ष भयो । यो दसैँमा पनि उनीहरूले छोरा आउन आसमारेका छैनन् । तर, आउने सम्भावना क्षीण छ ।

चाडपर्व आयो कि छोराको सम्झनाले उनलाई बढी सताउँछ । ‘अरु समयमाभन्दा बढी चाडपर्व नजिकिँदै जाँदा छोराको याद बढी आउँछ’, उनी भन्छन्, ‘बुढेसकालको सहारा छोरा कहाँ छ, कुनै अत्तोपत्तो छैन् ।’ खड्काको घरमा अहिले तीनजनाको परिवार छ । एक नातीसहित खड्का दम्पती अहिले दुःखसुखमा बाँचिरहेको छ । आजभन्दा करिब १० वर्ष अघि धन कमाउन घरबाट निस्केको छोरा अहिलेसम्म घर आएको छैनन् । छोराको माया र सम्झना नातिलाई हेरेर मन बुझाउँदै छन्, खडका परिवार ।

उनीहरूलाई अघिपछिका दिनहरूमाभन्दा चाडपर्व नजिकिँदै गर्दा गाउँमा छिमेकीको छोरा परदेशबाट फर्किएको देख्दा भक्कानो छुट्छ । ‘अरु दिनहरूमा जसोतसो मन बुझाएका छौँ, तर चाडपर्व नजिकिँदै गरेको समयमा गाउँमा छिमेकीका छोराहरू घरमा आउने बेला छोरा पनि आउँछ कि भन्ने आश लागिरहन्छ’, खड्का दम्पतिले भने–‘बुढेसकालको सहारा छोरा १० वर्षदेखि सम्पर्कविहीन छ, के गर्नु अब त फर्किने आश पनि मर्न थालिसक्यो ।’

दश वर्षअघि धन कमाउन घरबाट निस्केका छोरा दिलबहादुरले परिवारलाई कुन ठाउँमा जाने भन्ने केहि बताएनन् । घरबाटै बिहानै निस्केका उनी आजसम्म फर्किन नसकेपछि बुहारी पनि अर्कैसँग बिहे गरेर गएको खड्काले बताए । 

‘सानो छोरालाई छोडेर बुहारी पनि अर्कैसँग गइसकेकी छ’, उनले ‘बुहारीले पनि सानो नातिलाई छोडेर गएपछि बुढाबुढीको सहारा नाति भएको छ ।’ उमेरले ६० वर्ष पार गरिसकेका खड्का दम्पतिले सानो नातिलाई हेरेर मन बुझाउने गरेका छन् । 

‘म ५० वर्षको हुँदा छोरा घरबाट निस्केको हो, अहिले म ६० वर्षको भइसकेँ’, उनले भने, ‘अब त नाति पनि ठूलो हुँदै गएको छ, केही मन भुलाउने बाटो भएको छ ।’

छोराको खोजीका लागि विभिन्न निकायमा धाउँदा पनि कतै पत्ता नलागेपछि निराश भएर बस्नुको विकल्प नभएको खड्का दम्पतीले बताए । ‘खै किन फर्किएनौ छोरा, मनले मनलाई प्रश्न गरिरहेको छ’, उनीहरूले भने, ‘जहाँ भए पनि बुवा आमाको माया छ भने घरमा फर्की आऊ, हामी तिम्रै पखाईमा छौँ छोरा ।’

‘छोरा घरमा फर्कने आशामा सास नै रोकिन्छ कि भन्ने लागेको छ’,  गहँभरी आँशु पार्दै खड्काले भने, ‘धनले छोरालाई पराइ बनाईदियो, हाम्रो सहारा नै टाढा भएपछि अब त जिन्दगीसँग हार खाइसकेका छौँ ।’ 

छोरा धन कमाएर परिवारकै सुखका लागि यसअघि पनि वैदेशिक रोजगारीमा गएको खड्का दम्पतिले बताए । ‘बुवाआमा र श्रीमती, छोरालाई सुखमा राख्नका लागि छोरा पहिले पनि विदेशमा धन कमाउन गएको थियो’, उनीहरू भन्छन्, ‘घरमा १/२ वर्ष बसेपछि फेरि धन कमाउनकै लागि छोरा घरबाट निस्किएको हो । तर, जानेबेलामा केही नभनि निस्केको हो । श्रीमतीलाई पनि भनेको थिएन् रे ।’ छोरा आउने आशामा अहिले दिन गन्दै बसका खड्का दम्पतीलाई बुढेसकालले छुँदै गएपछि दैनिक जीवनयापन गर्न समस्या परेको छ । उनीहरूलाई घरमा खाने रासनसमेत ल्याउन समस्या हुन थालेको छ । घरमा सानो नातिमात्रै भएपछि खानका लागि चाहिने रासन ल्याउन आफैँ बजारसम्म पुग्ने गरेको उनले बताए । 

‘घरमा कोही नभएपछि एक दिनको बाटोे हिँडेर बजारबाट खाद्यान्नका सामाग्रि ल्याउने समस्या पर्ने गरेको छ’, उनले भने, ‘अब ताकत पनि गइसकेको छ, छोरा नभए पनि जसोतसो जीवन चलाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने