२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जन्माउन नसकेको भन्दै परिवारको सहयोगमा श्रीमतीको हत्या

२०७८, २३ कार्तिक मंगलवार ०८:२७

कात्तिक २३, जनकपुरधाम | धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छोरा जन्माउन नसकेको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।  सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए ।

८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए । मृतकको घाँटीसहित शरिरभरि निलडाम देखिएको उनले बताए । किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासो नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् । 

ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनाका थप आरोपीको खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भने, 'चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै