2026-06-20 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरपालुवा कुकुरमा पनि देखियो कोभिड

कात्तिक २५, लन्डन | एजेन्सी | बेलायतमा एउटा घरपालुवा कुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् ।  जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।

कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।  

महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाईरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ