२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिराहामा बुद्धिजीवी संगठनको सम्मेलन सम्पन्न

३ पुष २०७८, शनिबार ०५:३३

पुस ३, काठमाडौँ | नेपाल बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन सिराहाको शुक्रवार सम्पन्न सम्मेलनले रामलखन मण्डलको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो।

प्रदेश २ को प्रदेशस्तरीय बुद्धिजीवी सम्मेलनले राम लखन मण्डलको संयोजकत्वमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनले प्रत्येक स्थानीय तहमा सम्मेलनको लागि संयोजक, सहसंयोजक र सदस्यहरूको समिति बनाउने निर्णय गरेको छ।

सम्मेलनमा जिल्लाका सबै स्थानीय तहको प्रतिनिधित्व थियो। जिल्लाभरिमा प्रत्येक पालिकाको सम्मेलन सम्पन्न भइसकेपछि पुनः जिल्ला भेला गरेर जिल्ला स्तरीय समन्वय समिति बनाउने संगठनको तयारी छ। संगठनको सिराहा सम्मेलनमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, बुद्धिजीवी संगठनका राम कुमार यादव, बिन्देश्वर महतो, प्रदीप साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ