पुस ४, काठमाडौँ | काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको महाशाखाजले जनाएको छ।