२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आफ्ना दुई छोराछोरीको हत्या गरेकी महिलाको मृत्यु

२०७३, ६ भाद्र सोमबार ०३:५६

भदौ ६, भीमदत्तनगर । आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन ।

प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याएका थिए । तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छोराछोरीलाई आइतबार बिहान स्कूल पु¥याउन हिँडेकी बसन्तीले श्रीमान्सँगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ । स्कूल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कूल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए । उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कूले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए । प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमान्सँगको विवादको झोकमा आफूले घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै