सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार रात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार रात"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

गोली हानेर २ जनाको हत्या गर्ने पुन कोइलावास जंगलबाट पक्राउ

६ भाद्र २०७३, सोमबार १२:५५

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती साढे १० बजे भरुवा बन्दुकले प्रहार गरेको गोली लागेर गढवा गाबिस ५ खबरीमा दुई जनाको मृत्यु भएको थियो ।

खबरीका ४५ बर्षिय कर्णबहादुर पुनले सोही ठाउँ बस्ने ३२ बर्षिय कालु रोका र ३५ बर्षिय राज रोकालाई गोली हानेर हत्या गरेका थिए । तीजको नाँच हेरेर फर्कन लागेको रोका द्धयलाई पुनले मोटरसाईक स्टार्ट गरेर अघि बढ्नै लाग्दा पछिबाट गोली प्रहार भएको थियो । 

मोटरसाईकको पछाडी बसेका कालु रोकाको गर्धनमा लागेको गोलीले मोटरसाईकल चलाएका राजुलाई पनि लागेको थियो । गोली लागेर गम्भिर घाईते भएका उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कालुको बाटो मै र राजुको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी प्रमुख एसपी सिंहले बताए । घटना स्थलबाट भरुवा बन्दुक एक थान बरामद भएको छ । 

घटना पछि भागेका पुनलाई खोजविन गर्ने क्रलममा कोईलासको जंगलमा फेला पारेका हुन् । प्रहरी र स्थानियले खोज्ने क्रममा घटना भएको २ घण्टा मै राती साढे १२ बजे जंगलबाट पुनलाई पक्राउ गरिएको सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव