सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लि"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

दाङ मानपुरका हिरामणीको हत्या अभियोगमा चार जना पक्राउ

६ भाद्र २०७३, सोमबार १२:५९

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ । 

मानपुर गाबिस ८ मंगरीगाउँका २६ बर्षिय हिरामणि चौधरीको हत्या गरेको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ बर्षिय राजन चौधरी, मनोज चौधरी, २७ बर्षिय रामबहादुर चौधरी र २९ बर्षिय चन्द्रबिर चौधरीलाई नियन्त्रणमा लिएर सोमबार प्रहरीले सार्वजनिक गरेको हो ।

जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना साथीहरु बसेर मदिरा सेवन गरेका थिए । 

त्यहाँबाट हिरामणि चौधरी घर जाने क्रममा बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरी सहितको युवाहरु सामान्य बिषयमा बिबाद हुदा उनिहरुले हिरामणिलाई ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

मदिराले मातेका ४ जना युवाहरु मध्य रामबहादुर सडक छेउमा सुतेको र हिरामणिले लात्ताले हानेर उठाउन खोजे पछि उनिहरुका बिचमा बिबाद भएर ४ जनाले हिरामणिको हत्या गरेको खुलेको एसपी धिरजप्रताप सिंहले जानकारी दिए । 

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको र अभियुक्तहरुलाई ज्यान सम्बन्धी मुद्धाका कार्वाही हुने प्रहरीले जानकारी दिएको छ । 

यसैविच बितेको आर्थीक बर्षमा ७ वटा कर्तव्य ज्यान मुद्धाको सफल अनुसन्धान भई अभियुक्तहरु पूपक्र्षका लागि थुनामा रहेको समेत एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो