सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लि"/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

दाङ मानपुरका हिरामणीको हत्या अभियोगमा चार जना पक्राउ

२०७३, ६ भाद्र सोमबार १२:५९

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ । 

मानपुर गाबिस ८ मंगरीगाउँका २६ बर्षिय हिरामणि चौधरीको हत्या गरेको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ बर्षिय राजन चौधरी, मनोज चौधरी, २७ बर्षिय रामबहादुर चौधरी र २९ बर्षिय चन्द्रबिर चौधरीलाई नियन्त्रणमा लिएर सोमबार प्रहरीले सार्वजनिक गरेको हो ।

जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना साथीहरु बसेर मदिरा सेवन गरेका थिए । 

त्यहाँबाट हिरामणि चौधरी घर जाने क्रममा बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरी सहितको युवाहरु सामान्य बिषयमा बिबाद हुदा उनिहरुले हिरामणिलाई ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

मदिराले मातेका ४ जना युवाहरु मध्य रामबहादुर सडक छेउमा सुतेको र हिरामणिले लात्ताले हानेर उठाउन खोजे पछि उनिहरुका बिचमा बिबाद भएर ४ जनाले हिरामणिको हत्या गरेको खुलेको एसपी धिरजप्रताप सिंहले जानकारी दिए । 

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको र अभियुक्तहरुलाई ज्यान सम्बन्धी मुद्धाका कार्वाही हुने प्रहरीले जानकारी दिएको छ । 

यसैविच बितेको आर्थीक बर्षमा ७ वटा कर्तव्य ज्यान मुद्धाको सफल अनुसन्धान भई अभियुक्तहरु पूपक्र्षका लागि थुनामा रहेको समेत एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै