पुस २५, काभ्रेपलाञ्चोक । आउदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काभ्रेपलाञ्चोक । आउदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पचपन्न हजारलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

२५ पुष २०७८, आईतवार ०७:३०

पुस २५, काभ्रेपलाञ्चोक । आउदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो । 

तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पु¥याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको जनाएको छ ।

“आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ काम भइरहेको छ” समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भन्नुभयो । उहाँका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताउनुभयो । उहाँका अनुसार १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टििङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिने छ । यसको मुहान सुनकोशी नदीकिनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो ।

त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको हो । “यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पुर्याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने सकेका छौँ” लामाले भन्नुभयो ।

उहाँका अनुसार बाढीले आयोजनाको रु साठी  लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजनाको काम सकेसम्म छिटो सक्नेगरी कामलाई तीव्रता दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“आउँदो चैतभित्र घरघरमा खानेपानी पु¥याउन हामी खटिरहेका छौँ ।”

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गतसाल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउदा केही धकेलिएको हो । लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन विछ्याइने कार्यसकेत अन्तिम चरणमा पुगेको छ ।

“विपद्ले नरोके आउदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ” उहाँले भन्नुभयो । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर वृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ । 

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला