भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं स"/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

जानकी मन्दिरको विधुत लाइन काटियो

२०७३, ८ भाद्र बुधबार ०७:१६

भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं सरकारी कार्यालयको विधुत लाइन काटिएको छ । 

विधुत महसुल नबुझाउने उपभोक्ताको बिजुली काट्ने अभियान अन्तर्गत जानकी मन्दिर, लक्ष्मण मन्दिर, रामजानकी विवाह मण्डप, जनकपुर अञ्चल अस्पताल, मैक्स प्लाष्टिक उद्योग तथा सडक डिभिजन कार्यालयको विधुत लाईन काटिएको विधुत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले जानकारी दिए । 

प्रमुख झाका अनुसार, जानकी मन्दिरले विगत ३० वर्षदेखि विधुत महसूल नबुझाएको र मन्दिरमाथि रु. ६५ लाख भन्दा बढी रकम बक्यौता रहेको छ । यसैगरी लामो समयदेखि विधुत महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि १७ लाख, रामजानकी विवाह मण्डपमाथि साढे ७ लाख, जनकपुर अञ्चल अस्पतालमाथि ६० लाख, मैक्स प्लास्टिक उद्योगमाथि साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि ३ लाख २५ हजार बाँकी बक्यौता रहेका छन् । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पञ्चायत कालमा जानकी मन्दिर परिसरभित्र अञ्चलाधीश कार्यालय, प्रहरी कार्यालय, युवा क्लव तथा कराटे संघ लगायतका कार्यालय रहेको उल्लेखगर्दै त्यसपछि पनि मन्दिर परिसरभित्रै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जानकी मन्दिर जिर्णोद्धार समिति, मिथिला सांस्कृतिक केन्द्रलगायतका कार्यालय रहेको र ती कार्यालयले उपभोग गरेको विधुत महसुल हालसम्म नबुझाएकाले सो वापतको वक्यौता रकम ठूलो देखिएको बताए । विधुत महसुल वापतको वक्यौता रकम माफीका लागि सम्बन्धित निकायमा आग्रह गर्ने पनि उनले बताए । 

महन्थ दासले गुठी संस्थाबाट जानकी मन्दिरले पाउनुपर्ने मालपोत वापतको रकमबाट विधुत महसुल बुझाएर बाँकी रकम मन्दिरलाई उपलब्ध गराउन पहल गरिदिन हुन नागरिक समाजसंग आग्रह गरे । महन्थ दासका अनुसार, मालपोत दस्तुर वापत गुठी संस्थानले जानकी मन्दिरलाई रु. डेढ करोड भन्दा बढि रकम तिर्न बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै