भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं स"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

जानकी मन्दिरको विधुत लाइन काटियो

८ भाद्र २०७३, बुधबार ०७:१६

भदौ ८, धनुषा । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं सरकारी कार्यालयको विधुत लाइन काटिएको छ । 

विधुत महसुल नबुझाउने उपभोक्ताको बिजुली काट्ने अभियान अन्तर्गत जानकी मन्दिर, लक्ष्मण मन्दिर, रामजानकी विवाह मण्डप, जनकपुर अञ्चल अस्पताल, मैक्स प्लाष्टिक उद्योग तथा सडक डिभिजन कार्यालयको विधुत लाईन काटिएको विधुत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले जानकारी दिए । 

प्रमुख झाका अनुसार, जानकी मन्दिरले विगत ३० वर्षदेखि विधुत महसूल नबुझाएको र मन्दिरमाथि रु. ६५ लाख भन्दा बढी रकम बक्यौता रहेको छ । यसैगरी लामो समयदेखि विधुत महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि १७ लाख, रामजानकी विवाह मण्डपमाथि साढे ७ लाख, जनकपुर अञ्चल अस्पतालमाथि ६० लाख, मैक्स प्लास्टिक उद्योगमाथि साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि ३ लाख २५ हजार बाँकी बक्यौता रहेका छन् । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पञ्चायत कालमा जानकी मन्दिर परिसरभित्र अञ्चलाधीश कार्यालय, प्रहरी कार्यालय, युवा क्लव तथा कराटे संघ लगायतका कार्यालय रहेको उल्लेखगर्दै त्यसपछि पनि मन्दिर परिसरभित्रै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जानकी मन्दिर जिर्णोद्धार समिति, मिथिला सांस्कृतिक केन्द्रलगायतका कार्यालय रहेको र ती कार्यालयले उपभोग गरेको विधुत महसुल हालसम्म नबुझाएकाले सो वापतको वक्यौता रकम ठूलो देखिएको बताए । विधुत महसुल वापतको वक्यौता रकम माफीका लागि सम्बन्धित निकायमा आग्रह गर्ने पनि उनले बताए । 

महन्थ दासले गुठी संस्थाबाट जानकी मन्दिरले पाउनुपर्ने मालपोत वापतको रकमबाट विधुत महसुल बुझाएर बाँकी रकम मन्दिरलाई उपलब्ध गराउन पहल गरिदिन हुन नागरिक समाजसंग आग्रह गरे । महन्थ दासका अनुसार, मालपोत दस्तुर वापत गुठी संस्थानले जानकी मन्दिरलाई रु. डेढ करोड भन्दा बढि रकम तिर्न बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित