२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री रावललाई नेपाली सेनाको परिचयात्मक जानकारी प्रदान

२३ कार्तिक २०७२, सोमबार ११:५०

sainik news

कात्तिक २३, काठमाडौँ ।
नेपाली सेनाद्वारा नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री श्री भीम रावललाई जंगी अड्डामा आयोजित एक
कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य
व्यक्त गर्नु भएको थियो भने बलाधिकृत रथी श्री बलदेव राज महतले नेपाली सेनाको आगामी कार्यदिशा सम्बन्धमा
जानकारी गराउनु भएको थियो । त्यसैगरी, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापा,
व्यवस्था नीति तथा योजना निर्देशक सहायक रथी श्री शरद कुमार गिरी, व्यवस्था तथा युद्धकार्य निर्देशक
सहायक रथी श्री देवेन्द्र बहादुर मेधासी लगायत अन्य विभागीय प्रमुखहरुले क्रमशः नेपाली सेनाको सुरक्षा
वातावरण, नेपाली सेनाको भूमिका, जिम्मेवारी एवम् गरिरहेका कार्यहरु र नेपाली सेनाको अपरेशनल तथा अन्य
भुमिकाहरु सम्बन्धमा जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं रक्षामन्त्री श्री भीम रावलले नेपाली सेनाले गरेका
कार्यहरुको उच्च मुल्यांकन गर्नुहुंदै भविष्यमा समेत अझ प्रगाढ रुपमा नेपाली सेनाले आफ्नो जिम्मेवारी
तथा भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्षा सचिव श्री
ईश्वरी प्रसाद पौडेल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिती रहेको
थियो ।

bhim
rawal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला