३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. बराल र गुरुङलाई सम्मान र पुरस्कार

३ माघ २०७८, सोमबार ०६:१९

माघ ३, काठमाडौँ | नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा डा कृष्णहरि बराललाई रु ५० हजारको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई रु एक लाखको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिनुभयो ।

सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर,  अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा राजेन्द्र विमल सम्मानित भइसक्नुभएको छ ।

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसक्नुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट