माघ ४, काठमाडौँ | पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल क"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

४ माघ २०७८, मंगलवार १०:०१

माघ ४, काठमाडौँ | पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । 

पेट्रोलियम पदार्थ खरिदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको छ । उक्त मितिमा आइओसीलाई भुक्तानी गर्न रु दुई अर्ब अपुग हुने स्थिति देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले यसअघि पेट्रोलियम पदार्थको बिक्रीबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्थालाई चुस्त राख्न बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्ट्याई राखिएको रकमबाट आइओसीलाई भुक्तानी गरेको थियो ।

निगमले कर्मचारी आवास व्यवस्थाअन्तर्गतको रु तीन अर्ब २६ करोड, कर्मचारी बोनस व्यवस्थाबापत जम्मा भएको रु एक अर्ब ४५ करोड, ह्रासकोषमा रहेको रु एक अर्ब ४२ करोड र मूल्य स्थिरिकरण कोषमा रहेको रु १५ अर्ब ३४ करोडबराबरको रकम आइओसीलाई भुक्तानी गरिसकेको छ । 

निगमसँगको सञ्चित बचत शून्यमा पुगेको अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन ऋण लिनुपर्ने वा मूल्य स्थिरिकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ