माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जन"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

४ माघ २०७८, मंगलवार १०:४२

माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो ।

कार्यालय विभागस्तरमा स्तरोन्नति भएकै वर्ष स्वीकृत दरबन्दीको सङ्ख्या भने ३७ बाट ३० मा झरेको थियो । राज्य पुनर्संरचना भएको भन्दै अभिलेखालयको दरबन्दी घटाइएको हो । जसका कारण एक जना कर्मचारीले बिदा लिए शाखा नै बन्द गर्नुपर्ने अवस्थामा अभिलेखालय पुगेको छ । कार्यालयमा हाल अभिलेख शाखाको उपसचिव, माइक्रोफिल्म तथा विद्युतीय अभिलेख व्यवस्थापन शाखाका अधिकृत, पुस्तकालय अधिकृत, प्रशासनको नायब सुब्बा, रसायनविद्, रिप्रोग्राफर (माइक्रोफिल्म गर्ने), फोटोग्राफर, टाइपिस्ट नायब सुब्बा, लेखकजस्ता गरी १४ पद रिक्त छन् । 

 कुमारीचोक, परराष्ट्र मन्त्रालय, निजामती किताबखानाका धेरै दस्तावेज अभिलेखालयलाई प्राप्त भएको छ, कर्मचारी अभावकै कारण यी दस्तावेजलाई सूचीकृत गर्न सकिएको छैन। “२० जना जनशक्ति थप गरेर १० वर्ष काम गर्दा पनि नसकिने यी दस्तावेज अलपत्र अवस्थामा थन्किएका छन्, २० जनाको दरबन्दी थपका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाएका छौँ”,उहाँले भन्नुभयो । 

जनशक्ति अभावकै कारण अभिलेखालयले विभिन्न कार्यालयमा रहेका २५ वर्ष पुराना राष्ट्रिय महत्वका कागजात सङ्कलन गर्न सकेको छैन । यसका लागि समन्वय गर्ने जनशक्तिकै अभिलेखालयमा अभाव छ । अभिलेखालयमा सेवा निवृत्त र सरुवा हुने तर पदपूर्ति नहुने समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ