माघ ५, काठमाडौं। सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं। सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ । <"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

५ माघ २०७८, बुधबार ०९:२४

माघ ५, काठमाडौँ। सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ । 

कोरोना महामारीका कारण औपचारिक विमोचन बिना गत आइतबारदेखि नेपाली संस्करणका साथ बजारमा आएको उक्त पुस्तक चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि नेपाली संस्करणमा पनि प्रकाशन गरेको पत्रकार चाउले  बताएका छन् । 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज सङ्ग्रौलाले प्राक्कथन  लेखेको रु.३५० मूल्यको रोचक पुस्तक जनता प्रकाशनले छापेको हो । 

राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन  पाँच भागमा विभक्त २४० पृष्ठको नेपाली संस्करणमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् । 

चीनले अघि सारेको महात्वाकाङ्क्षी विकास परियोजना बिआरआइ र अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौताजस्ता मुद्दाहरूलाई पनि उधिन्ने प्रयास गर्नाका साथै पत्रकार चाउले नेपालको भू–राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी भारत र अमेरिकालाई बीचमा राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।

नेपाली राजनीति, भू–राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावनाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्  भने सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफीङको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि लेखकले पुस्तकमा समेटेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ